Logo

गुल्मीमा राहत वितरणमा तीव्रता, मदाने गाउँपालिकाले बाँड्यो विपन्नलाई राहत



Spread the love

२६ चैत, गुल्मी – कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण यति बेला विश्वजगत नै त्रसित बनिरहेको छ । नेपालमा पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउनको घोषणा गरिएको छ भने लकडाउनलाई कडाईका साथ कार्यन्वयन गरिएको छ । लक डाउनका कारण विपन्न परिवारमा समस्या निम्तिएको छ ।

त्यस्तै गुल्मीमा पनि विपन्न परिवार तथा दैनिक ज्याला मजदुरी गरि आफ्नो जिविकोपार्जन गर्ने श्रमिकहरुलाई मध्यनजर गर्दै राहत वितरण कार्यमा तिव्रता दिएको छ । त्यस्तै, यता जिल्लाको मदाने गाउँपालिकाले पनि मंगलबारदेखि राहत वितरण कार्यको थालनी गरिएको मदाने गाउँपालिकाका सुचना अधिकारी ऋषि पोख्रेलले जानकारी दिए । मदाने गाउँपालिकाका ७ सय ७० परिवारलाई राहत प्रदान गरिएको सुचना अधिकारी पोख्रेलले उल्लेख गरे ।

वडा नम्बर एकका एक सय १५ घरपरिवार ,वडा नम्बर दुईका १ सय , वडा नम्बर तिनका १ सय १४, वडा नम्बर पाँचका १ सय १६ , वडा नम्बर छ का १ सय ६ र वडा नम्बर सातका १ सय ११ घरपरिवारलाई ३० केजी चामल ,तीन केजि दाल,दुई केजी नुन , दुई लिटर तेल, दुई केजी चिनी र चार पोका सावुन राहत वितरण गरिएको छ । राहत वितरणमा छुटेका केही घरपरिवारलाई बिहीबार वितरण गरिने मदाने गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय मापदण्ड अनुसार विपन्न परिवारको पहिचान गरि सम्मान जनक ढंगले करिब १७ लाख ५० हजार बराबरको राहत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकाका विभिन्न छ ठाउँमा ५६ बेड क्षमताको क्वारेन्टाइनको व्यवस्था गरिएको र अहिले क्वारेन्टाइनमा १० जनालाई राखिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै सिमा नाकामा पनि कडाई गरिएको गाउँपालिकाको दाबी छ । गुल्मी, अर्घाखाँची र प्युठानसँग सिमाना जोडिएको सङ्गम स्थल सौतामारेमा हेल्थ डेस्कको स्थापन गराई कडा निगरानी बढाईएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले सल्लेरी खबरलाई बताए । जिल्ला प्रवेशको विषयलाई लिएर नाकामा केही विवाद तथा सिमा नाकामा सामान्य भनाभनका घटनाहरु बाहिर आईरहेको कुरालाई स्वीकार्दै सिमानामा कडाई हामी सबैको लागि गरिएको गाउँपलिकाले स्पष्ट पारेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्