२६ चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।
पछिल्लो तथ्यांक आनुसार जर्मनीमा लगातार दुई साता यता कोरोना भाइरस संक्रमण निकै बढेको छ । यस भन्दा अघि लगातार चार दिनसम्म संक्रमणको घटनाहरू घट्दै थियो भने दुई दिन यता कोरोना भाइरस संक्रमण निकै बढेको छ।
रोबर्ट कोच संस्थानका तथ्यांकका अनुसार २४ घण्टामा कोरोना भाइरस संक्रमणको संख्या ४ हजार तिन रहेको छ। यससँगै, जर्मनीमा संक्रमणको संख्या बुधवार १०२२२८ पुगेको छ।
केन्द्रीय सरकारी एजेन्सीको रिपोर्टका अनुसार २ घण्टा यता कोरोना भाइरसको कारण २५४ जनाको मृत्यु भएको छ । अहिले सम्म जर्मनीमा मृत्युको संख्या १८६१ भन्दा बढेको रहेको छ।
प्रतिक्रिया दिनुहोस्