२५ चैत, काठमाडाैँ – त्रिभुवन विश्वविद्यालयले पनि स्नातक चौथो वर्षका सबै परीक्षा स्थगित गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेसँगै त्रिभुवन विश्वविद्यालयले पनि स्नातक चौथो वर्षका सबै परीक्षा स्थगित गर्ने भएको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए अनुसार कोरोना भाइरसको त्रासका कारण विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको भन्दै स्नातक तह चौथो वर्षका परीक्षाको मिति सार्ने तयारी गरिएको हो ।
उनले केही दिनमै स्नातक चौथो वर्षको परीक्षा स्थगित गरिएको सूचना जारी गरिने र यसबारे छलफल भइरहेको पनि बताएका छन् ।
स्नातक चाैथो वर्षको परीक्षा यही बैशाख १६ गतेदेखि हुने तय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्