२३ चैत, काठमाडाैँ – चैतमा हुने तय भएको २०७६ को एसईई र कक्षा १२ को परीक्षा एकै पटक हुनसक्ने बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बताए अनुसार एसईई र कक्षा १२ को परीक्षा सगै हुने पनि सम्भावना रहेको छ ।
गत चैत ६ गतेबाट हुने तालिका रहेको एसईई कोरोना संक्रमणको जोखिमलाई लिएर स्थगित भएको थियो भने कक्षा १२ को परीक्षा बैशाख ८ गतेबाट हुने तालिका रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ ।
त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ।
यसका साथै एसईई बिहान र कक्षा १२ को परीक्षा दिउसोको समयमा गर्न सकिने परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पाैडेलले बताएका छन् । यसरी परीक्षा गर्दा एउँटै सेन्टरमा २ सिफ्टमा परीक्षा सञ्चालन गर्न सकिने उनको तर्क रहेको छ ।
देशभर १ हजार ९ सय ९७ परीक्षा केन्द्रमा ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई परीक्षा दिने तय भएको थियो भने १ हजार १ सय परीक्षा केन्द्रमा कक्षा ११ र १२ का कूल ४ लाख ८० हजार भन्दा बढी परीक्षार्थीले परीक्षा दिनेछन् ।