एजेन्सी । तिव्र गतिले फैलिएको कोभिड-१९ संक्रमणले स्वास्थ्य प्रणालीको लागि चुनौती दिएको छ । तर, म्रिगौलाको डायलेसिस गरिरहेको बिरामीको लागि कोरोना निकै जोखिमपूर्ण जोखिमपूर्ण हुन सक्छ ।
एक अध्ययनले बताएको छ कि मिग्रौला रोगीलाई कोरोना घातक हुन सक्छ । कोभिड-१९ बाट संक्रमितको खतराबाट अन्य मानिसको तुलनामा म्रिगौला रोगीको लागि अधिक खतरा रहेको छ । किनभने जोखिमको बावजुद पनि बिरामीलाई डाइलेसिस गर्नु पर्दछ । यस्तो स्थितिमा रोगीको साथ-साथ उनको परिवारका सदस्य, चिकित्सा कर्मचारी र अन्य मानिसमा संक्रमण फैलिन सक्छ ।
चीन र भारतमा गरी दुनियाँका विभिन्न शोधकर्ताहरुद्वारा संयुक्त रूपमा गरिएको यस अध्ययन शोध पत्रिका किड्नी इन्टरनेसनलमा प्रकाशित गरिएको छ । शोधकर्ताहरु भन्छन् कि डायलेसिसका बिरामी परिवारका सदस्य र अन्य मानिसमा कोरोना संक्रमण फैलिन नदिनको लागि सावधानी अपनाउनु पर्दछ ।
कोरोनाको संक्रमणले सुरुवाती रिपोर्ट अनुसार ३ देखि ९ प्रतिशत मानिसमा म्रिगौलाको गम्भीर समस्या बढेको बताइएको छ । पछि म्रिगौलासँग सम्बन्धित समस्या अधिक देखिएको थियो । अस्पतालमा भर्ना भएका ५९ जना कोरोना संक्रमित म्रिगौला रोगीलाई अध्ययन गर्दा करिब दुई तिहाइ बिरामीको पिसाबमा प्रोटिनको मात्रा अत्याधिक देखिएको थियो । इटालीमा ज्यान गुमाउनेहरुमध्ये १८ प्रतिशत मानिसहरु म्रिगौला रोगी थिए । त्यसैले म्रिगौला रोगीहरुलाई विशेष ध्यान दिई उपचार गर्नु पर्दछ ।