Logo

शाहरुख र गौरी खानले अफिस क्वारेन्टाइनका लागि दिने



Spread the love

२२ चैत, एजेन्सी । कोरोना भाइरसविरुद्धको लडाइँमा नेतादेखि लिएर बलिउडका स्टार, टिभीका स्टार, खेलाडीसँगसँगै सामान्य मानिसहरुले सक्दो कोसिस गरिरहेका छन् । धेरै सेलिब्रेटीहरुले आफ्नो सहयोगी हात अगाडि बढाइसकेका छन् । बलिउडका किङ्ग खान र उनकी पत्नी गौरीले आफ्नो अफिसलाई क्वारेन्टाइनमा दिने घोषणा गरेका छन् ।

शाहरुखले बच्चा, महिला र बुढाबुढीको लागि क्वारेन्टाइनमा राख्नको लागि आफ्नो अफिस दिएको बताएका छन् ।

यो घोषणा बीएमसीको ट्विटर ह्याण्डलबाट गरिएको हो ।बीएमसीले ट्वीट गर्दै भनेको छ, ” हामी सबै साथमा धेरै बलिया छौँ । हामी शाहरुख खान र गौरी खानलाई धन्यबाद दिन चाहन्छौँ कि उनीहरुले आफ्नो निजी अफिस क्वारेन्टाइनको लागि दिएका छन् । प्रस्तुत अफिसमा चाहिने वस्तु सबै रहेका छन् ।”

यसभन्दा अघि अक्षय कुमार, सलमान खान, आलिया भाट, विक्की कौशल लगायतका बलिउडका कलाकारहरुले कोरोना विरुद्धको लडाइँमा सहयोग गरिसकेका छन् । कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्रीले २१ दिनको लागि पुरै राष्ट्र लकडाउन गरेका छन् । भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या २,९०६ पुगेको छ भने ७७ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्