Logo

कसरी थाहा पाउने कोरोना भाइरस लागेको ?



Spread the love
कोरोना भाइरस संक्रमणबाट कसरी बच्ने ...

एजेन्सी । कोरोना भाइरसलाई यस कारण चुनौतीपूर्ण मानिन्छ कि यसको सुरुवाती लक्षणलाई कसैले पनि बुझ्न सक्दैन । कोविड-१९ को सामान्य लक्षण रुघाखोकी, ज्वरो हो । जब संक्रमितको अवस्था बिग्रिंदै जान्छ तब कोरोना भाइरसको निदान गर्न सजिलो हुन्छ ।

कोरोना भाइरसको प्राथमिक लक्षण के के हुन् त ?

पहिलो दिन- संक्रमितलाई ज्वरो आउन थाल्छ अनि उसको शरीरको तापमान बढ्दै जान्छ । यसको साथै रोगीलाई सुख्खा खोकी र रुघा लाग्दछ । पहिलो दिनपछि केही दिनभित्र बिरामीको मांसपेशीमा पीडा सुरु हुन्छ । पछि असह्य पीडा पनि हुन्छ । कुनै कुनै अवस्थामा घाँटी चिलाउने पनि हुन्छ । पाँचौँ दिन- पाँचौँ दिनसम्म मानिसलाई सास फेर्न समस्या हुने गर्दछ । विशेष गरी बुढाबुढीलाई बढी समस्या हुने गर्दछ । यसको साथै जो मानिस पहिला कुनै बिमारबाट गुज्रिरहेको छ भने त्यसलाई पनि गाह्रो हुन्छ ।

सातौँ दिन- सातौँ दिनमा बिरामीलाई यस कुराको महसुस हुन्छ कि उसलाई अब अस्पतालमा भर्ना हुनुपर्दछ । वुहान अस्पतालको एक रिपोर्ट अनुसार धेरैजसो बिरामीले धेरै दिन बितेपछि डाक्टरलाई सूचना गरेका छन् ।

आठौँ दिन- करिब एक साता बितेपछि बिरामीको शरीरमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्या देखा पर्दछन् । यो यस्तो समयमा हुन्छ कि जब मानिसको फोक्सोमा तिव्र गतिमा फोकाहरु बढ्न थाल्छन् ।

फोक्सोमा अक्सिजनको बदला फोकाहरु बढ्दा बिरामीलाई सास लिन गाह्रो हुन्छ । बिरामीको टाउकोमा पनि पीडा बढ्दै जान्छ । कोरोना भाइरसको लक्षण देखिनलाई २ दिनदेखि १० दिनसम्म लाग्न सक्छ । भाइरसको लक्षण ढिलो देखिंदा मानिसमा बाहिरबाट हेर्दा बिमारी देखिंदैन । जस कारणले संक्रमण फैलिन सजिलो हुन्छ । कोराना भाइरसबाट बच्नको लागि सफाइमा विशेष ध्यान राख्नु पर्दछ । आफ्नो नजिकको क्षेत्र सफा राख्नु पर्दछ । खोक्ने बेलामा अथवा हाँच्छ्यूँ गर्दा टिस्यु पेपरको प्रयोग गर्ने अनि प्रयोगपछि डस्टबिनमा फालिहाल्नु पर्दछ । यसको साथै समय-समयमा साबुनले हात धोइरहनु पर्दछ । डब्ल्यूएचओका अनुसार मानिसले कम्तिमा पनि २० सेकेण्डसम्म साबुन पानीले मिचिमिची हात धुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्