Logo

रेसुङ्गा नगरपालिका ८ नम्बरद्वारा १ सय १ विपन्न परिवारलाई राहत वितरण



Spread the love

२१ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका ८ ले १ सय १ दलित विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ । विश्वलाई नै चुनौती दिईरहेको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विपन्न परिवारलाई जिविकोपार्जनमा हम्मेहम्मे पर्न थालेपछि वडाले त्यसप्रति चासो देखाएको हो ।


दुई चरण गरि १ सय १ दलित परिवारलाई १०/१० केजि चामल प्रदान गरिएको वडा अध्यक्ष भरत भलामीले बताए ।

आफ्नो वडामा अधिकांश विपन्न परिवार दलित परिवार रहेको हुदा आफुहरुले दलितहरुलाई लक्षित गरि राहत प्रदान गरिएको भलामिले उल्लेख गरे । साथै अन्य चार गैरदलित परिवारलाई पनि छिट्टै राहत वितरण गर्ने वडा कार्यालयले जनाएको छ ।

घरमा भोकै बस्नु परे वडा कार्यालयमा सम्पर्क गर्नुहोस् : वडा अध्यक्ष भलामी

आफ्नो वडाका कोहि पनि नागरिकलाई समस्या परे वडा कार्यालयमा सम्पर्क गर्न वडा अध्यक्ष भरत भलामीले आग्रह गरेका छन् ।

कोरोना भाइसका कारण मुलकमा लक डाउन घोषणा गरे सँगै लक डाउनले दैनिक ज्यालदारी गरि घर खर्च चलाउदै आएका श्रमिकलाई सबैभन्दा बढी मार परेको र त्यसप्रति आँफुहरु सचेत रहेको वडाको दाबी छ । वडा भित्रका कोहि पनि नागरिक भोकै बस्न परेमा सिधै वडा कार्यालयमा सम्पर्क गर्न वडाले आग्रह गरेको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्