Logo

विपन्न परिवारप्रति मालिका गाउँपालिकाको चासो



Spread the love

२१ चैत, गुल्मी – कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण पछिल्लो समय विश्वनै चिन्तित बनेको छ । कोरोना भाइरसका कारण दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका श्रमिकहरु सबै भन्दा बढी चपेटामा परिरहेको समयमा गुल्मीको मालिका गाउँपालिकाले भने विपन्न परिवारको दैनिक गुजाराप्रति चासो देखाएको छ ।


कोरोना भाईरसका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरुको काम ठप्प भएपछि गाउँपालिकाले ३ सय ७८ विपन्न परिवारलाई राहत प्रदान गरेको मालिका गाउँपालिकाका सुचना अधिकृत जगत पौडेलले जानकारी दिए ।


गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर एकका ३२ घर , वडा नम्बर दुईका ६९ घरपरिवार , वडा नमूना तिनका २१, वडा नम्बर चारका १४, वडा नम्बर पाँचका ५५ , वडा नम्बर ६ का ४१ , वडा नम्बर सातका ८६ र वडा नम्बर आठका ६० गरि कुल ३ सय ७८ अति विपन्न परिवारलाई राहत प्रदान गरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।
गाउँपालिकाको कोरोना भाइरस विपत् व्यवस्थापन तथा राहत वितरण कार्यविधि २०७६ बमोजिम गाउँपालिकामा रहेका अति विपन्न परिवारलाई लक्षित गरि राहत वितरण गरिएको हो ।


राहत वितरण प्रति परिवार (५ जना सदस्य सम्म)लाई ३० केजी चामल , ३ केजि दाल, १ लिटर तेल र १ केजि नुन प्रदान गरिएको छ भने , पाँच जना भन्दा धेरै सदस्य भएको परिवारमा प्रति सदस्य थप ५ केजि राहत प्रदान गरिएको सुचना अधिकृत पौडेलले उल्लेख गरे ।


कोरोना भाइरस नियन्त्रण तथा अनावश्यक भिडभाड नगर्ने उदेश्यले सबै विपन्न परिवारका घरमै पुगेर राहत प्रदान गरिएको वडा नम्बर आठका वडा सदस्य पिताम्वर पौडेलले जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्