Logo

साताैँ कोरोना संक्रमण हल्ला मात्रै



Spread the love

२१ चैत, पोखरा – नेपालमा कोरोनाको साताैं संक्रमित भेटिएको भन्ने खबर गलत भएको छ । आज कास्कीमा कोरोनो अर्को संक्रमित भेटिएको भन्ने हल्ला चलेको थियो ।

गण्डकी अस्पतालले पुरानै संक्रमितको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको बताएको छ । त्यसै गरी केही गलत सञ्चार हुँदा यस्तो हल्ला चलेको पनि अस्पतालले बताएको छ ।

केही समयअघि स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाइए पनि पछि उक्त संख्या सच्याएर ६ बनाइएको छ ।

गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको आधिकारिक वेबसाइटमा केहि बेर अगाडि राखेको अपडेट । जसमा नेपालमा कोरोना संक्रमितको संख्या ७ उल्लेख गरिएको छ ।
गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको आधिकारिक वेबसाइटको अर्को स्क्रिन सर्ट । जसमा यसअघि उल्लेख गरिएको नेपालमा कोरोना संक्रमितको संख्या ७ को ठाउँमा सच्याएर ६ राखिएको छ ।

यो समाचारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पनि पुष्टि गरेका छन् ।

अहिलेसम्म नेपालमा ६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने एक जना उपचारपर्छि निको पनि भइसकेका छन् ।

(सच्याइएको– यसअघि गण्डकी प्रदेश सरकार मातहतकै स्वास्थ्य निर्देशनालयका अधिकारीको सूचना र आधिकारिक वेवसाइटमा उल्लेख गरिएको विवरणका आधारमा  प्रकाशन गरिएको नेपालमा सातौ कोरोना संक्रमितको व्यक्ति भेटिए भन्ने समाचार सच्याइएको छ । आधिकारिक सरकारी निकायबाट भएको गलत सूचना प्रवाहको कारण आम पाठकमा पर्न गएको भ्रम प्रति क्षमाप्रार्थी छौं– सम्पादक)

प्रतिक्रिया दिनुहोस्