Logo

टिक टकले भारतलाई १ सय करोड रुपैयाँको मेडिकल सामग्री सहयोग गर्ने घोषणा



Spread the love
टिक-टक एप्सको नेपालमा लोकप्रियता ...

एजेन्सी । कोरोना विरुद्धको लडाइँमा चीनीया एप टिक टकले भारतमा १ सय करोड रुपैँयाको मेडिकल सामग्री सहयोग गर्ने घोषणा गरेको छ ।

टिक टकको न्यूजरुमका अनुसार यसमा ૪००,००० प्रोटेक्टिभ सुट र २००,००० मास्क पनि सामेल गरिनेछ । टिक टकले आवश्यक परे फेरि पनि सहयोग गर्नको लागि तयार रहेको बताएको छ । टिक टकले एक बयानमा डाक्टर र मेडिकल स्टाफको महत्व बारेमा बताएको छ ।

टिक टकले सबैभन्दा बढी खतरा यिनीहरुलाई हुने र यिनीहरुको सुरक्षाको लागि ૪००,००० प्रोटेक्टिभ सुट दिने घोषणा गरेकाे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्