Logo

आन्ध्र प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या बढ्दो



Spread the love
vx bxcz

एजेन्सी । भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । ‍१ हजारबाट कोरोनाबाट संक्रमितको सङ्ख्या बढेर २ हजार पुग्दैछ । बुधबार बिहान आन्ध्र प्रदेशमा ૪३ नयाँ केस देखिएका छन् । गएको १२ घण्टामा ૪३ नयाँ केस दर्ता भएका हुन् । जसले गर्दा प्रदेशमा चिन्ता बढिरहेको छ ।

आन्ध्र प्रदेशमा ૪३ नयाँ केससँगै कुल केस ८७ पुगेको छ । ૪३ मध्ये १५ केस कडप्पा जिल्लामा देखिएको हो ।

गएको तीन दिनमा भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या बढिरहेको छ । २७ मार्चमा संक्रमित १००० जना थिए भने चार दिनमा नै ७०० भन्दा बढी नयाँ केस आएका छन् ।

सोमबार र मंगलबार करिब २००-२०० केस थपिएका थिए। बुधबार बिहान ११:३० बजेसम्म देशमा कुल १७०१ केस दर्ता भएका थिए । भारतमा आजसम्म कोरोना भाइरसको कारणले गर्दा ५० जनाले ज्यान गुमाइसकेका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्