Logo

कोरोनाको फाइदा उठाउँदै चीन, नेदरल्याण्ड र स्पेनमा पठाइएका सामान फिर्ता गरिने



Spread the love

विश्वभर कोरोनाको आतङ्क छाइरहेको छ । धेरै देशमा किट र मास्कको अभाव भएको छ । यही विषम परिस्थितिमा चीनले फाइदा कमाउने प्रयास गरेको छ । चीनले धेरै देशमा मेडिकल उपकरण बेचेको छ । नेदरल्याण्ड र स्पेनले खराब उपकरण फिर्ता कुरा गरेको छ ।

नेदरल्याण्डले चीनबाट ल्याएका ६ लाख मास्क फिर्ता गर्ने बताएको छ । नेदरल्याण्डले मास्कमा खराबी देखिएपछि फिर्ता गर्ने फैसला लिएको थियो ।

पिपल्स डेली चाइनाको अनुसार नेदरल्याण्डमा अवस्थित चिनिया दूतावासले नेदरल्याण्डको सरकारसँग सम्पर्क गरेको र यस समस्याको समाधान निकाल्ने बताएको छ ।

स्पेनमा पनि चीनबाट ल्याइएका टेस्ट किट फिर्ता गर्ने बताइएको छ । चीनले युरोपका बजारमा चिनिया सामाग्री पुर्‍याउन खोजेको विवादास्पद चर्चा चलेको छ ।

स्पेनमा किट पठाएको कम्पनीले आफ्नो बचाउ गर्दै किटको टेस्ट गर्ने तरिका नबताएको बताएको छ । स्पेनको सरकारले टेस्ट किटले गलत परिणाम दिएको र र यसलाई फिर्ता गर्ने बताएको छ तर चिनिया कम्पनीले भने केही टेस्ट किट बदल्ने जनाएको छ ।

चिनिया उपकरणको निर्यात अहिले विश्वभर भइरहेको छ । अमेरिका, बेलायत, स्पेन र इटालीमा कोरोना भाइरसले निकै प्रभाव पारेको छ भने अन्य देशमा जोखिम बढिरहेको छ ।

  • एजेन्सी ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्