Logo

कोरोनाको कहर – इटालीमा मृत्यु दर बढ्ने सिलसिला किन रोकिएन ?



Spread the love

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण इटाली सबैभन्दा खराब दिनहरु बाट गुज्रिरहेको छ। धेरै मानिस भूमध्यसागरमा अवस्थित सुन्दर देश कोरोना भाइरस महामारीको नयाँ केन्द्रबिन्दु किन बन्यो भन्नेमा चिन्तित छन् । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ९७ हजार ६ सय ८९ पुग्दा निको हुनेको संख्या करिब १३ हजार रहेको छ ।

कोभिड १९ को महामारीको केन्द्रविन्दु बनेको इटालीमा अहिले यतिसम्मको कडाई गरिएको छ । ९७ हजार ६ सय ८९ जना संक्रमितको संख्या रहेको इटालीमा अहिले विश्वकै सबैभन्दा बढी मृत्यु दर रहेको छ । महामारीको शुरुवात भएको चीनमा ८१ हजार ९९७ संख्यामा संक्रमित रहेका छन् । अमेरिकापछि इटालीमा नै विश्वकै सबैभन्दा बढी संक्रमित रहेका छन् । सोमबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुुनेको संख्या २ हजार ४ सय ८४ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ४२ हजार रहेको छ ।

लकडाउनमा गएको छैटौँ हप्तामा प्रवेश गर्दै गर्दा यतिबेला प्रश्न उठ्न थालेको छ, किन त्यहाँ अन्य देशभन्दा मृत्युदर बढी छ ?
विज्ञहरु यसमा कोरोनाभाइरसबाट बढी खतरामा रहेको वृद्ध जनसंख्या देशमा बढी हुनु र परीक्षणको विधिले संक्रमितको सही संख्या नदेखाउनु रहेको छ ।
जोखिममा वृद्धवृद्धा
कोरोना संक्रमणको दर उच्च हुनु र त्यसको मृत्युदर पनि उच्च हुनुका विभिन्न कारणहरु मध्ये इटालीको जनसंख्यामा प्रौढहरु धेरै हुनु हो। समग्र जनसंख्यामा गत वर्ष औसत आयुका ४५।४ प्रतिशत थिए जुन युरोपका सबै देशभन्दा बढी हो। कोरोना भाइरसबाट बृद्धावस्थाका मानिस धेरै प्रभावित भएका छन्।
यसका बावजुद केही आशाका समाचारहरु पनि बाहिर आएका छन् । उत्तरी सहर जेनोआमा २० दिनसम्म अस्पतालमा बसेर कोरोनाभाइरसबाट संक्रमित बनेकी १०२ वर्षीया इटालिका ग्रोन्डोना निको भएकी छन् ।
दुर्भाग्य?
‘मलाई लाग्छ इटाली किन ? भन्ने प्रश्न महत्वपूर्ण हो र यसको उत्तर सजिलो छ– कुनै कारण छैन’, जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक यास्चा मोंकले क्यानडाको सिबिसी टेलीभिजनसँग भनेका छन्, ’यसले इटालीलाई मात्रै किन फरक बनायो भन्दा जर्मनी, संयुक्त राज्य अमेरिका र क्यानडामा आउनुभन्दा १० दिन अघि नै दुई जोडी बिरामी देखिएका थिए।’युरोपेली देशहरु स्पेन र फ्रान्समा इटालीकै जस्तो ‘ट्रेन्ड’ देखिन थालेको छ र केही हप्तामा त्यहाँको भन्दा बढी मृत्यु र संक्रमण हुन सक्छ।
प्रतिबन्धको सफलता
दुई महिनापछि महामारीको केन्द्रविन्दु बनेको ऊहानमा नयाँ संक्रमित फेला पर्न छाडेपछि स्वास्थ्य अधिकारीहरु प्रतिबन्धहरु कम गर्ने तयारीमा छन् । इटालीमा भने प्रतिबन्ध थप गरिदैछ । सरकारी अत्वाश्यक कामबाहेक बाहिर निस्केर सरकारी आदेश ताडे त्यहाँ ३ हजार युरोसम्म जरिवाना तिर्नुपर्नेछ ।
धराशायी प्रणाली
स्वास्थ्य सेवा प्रणाली एउटा सन्तृप्त बिन्दुमा पुगेपछि रोग निकै तीब्र रफ्तारमा फैलिन्छ भन्ने तितो सत्य इटालीको धराशायी उत्तरी क्षेत्रबाट सिक्न सकिन्छ। श्वासप्रश्वास प्रणालीमा समस्या भएका बिरामीको चिकित्सकले जीवन मरणको निर्णय लिनु त्यसको संकेत हो।

प्रतिक्रिया दिनुहोस्