Logo

मार्क जुकरबर्गले कोरोना विरुद्धको लडाइँमा २५० लाख डलर सहयोग गर्ने



Spread the love

१६ चैत, एजेन्सी । कोरोना भाइरसको विरुद्धको लडाइँमा मार्क जुकरवर्गले २५० लाख डलर सहयोग गर्ने भएका छन् ।

मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिसिला चैन मिलेर बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनको साथमा मिलेर २५० मिलियन डलर दिने भएका छन् ।

जुकरबर्गकी श्रीमती प्रिसिलाले एउटा बयानमा भनिन्,”मलाइ गेट्स फाउन्डेसनसँग जोडिन पाउँदा गर्व लागेको छ । हामीले यो पैसा यस्तो खालको समूहलाई दिनुपर्छ जसले कोरोना भाइरस विरुद्ध सही कदम चालोस्, कोरोनाको कहर चाँडै अन्त्य गरोस् ।”

मार्क र उनकी पत्नीको संस्था सीजेडआई बिल गेट्स फाउन्डेसनसँग मिलेर गरेको कार्य निकै सराहनीय छ ।

प्रतिक्रिया दिनुहोस्