Logo

आफ्ना बालबालिका तथा साथिहरुसँग कोरोनाभाइरसको बारेमा यस्ता कुरा मात्र गर्नुहोस्!



Spread the love

एजेन्सी ।कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो।

संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह/वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ।

ज्वरो आउनु, खोकी लाग्नु तथा स्याँस्याँ हुनु यसका लक्षणहरू हुन्। जटिल अवस्थामा यसको संक्रमणले निमोनीया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ।

यि लक्षणहरू ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरू जस्तै देखिन्छन, जुन कोभिड-१९ भन्दा धैरै देख्न सकिन्छ।
👍गर्नुहोस्: कोरोनाभाइरस (कोभिड-१९) को बारेमा कुरा गर्नुहोस् ।

👎नगर्नुहोस्: यो रोगलाई कुनै स्थान वा जाति विशेष सँग नजोड्नुहोस्। याद राख्नुहोस्: भाइरसले कुनै एक जनसंख्या, समुदाय वा जातिलाई मात्र आक्रमण गर्दैन ।

👍गर्नुहोस्: कोभिड-१९ को संक्रमण भएका”, “कोभिड-१९को उपचार गराईरहेका”, “कोभिड-१९ को उपचार पश्चात निको भईरहेका”, वा “कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएका” व्यक्तिहरूका बारेमा कुरा गर्नुहोस्।

👎नगर्नुहोस्: यी व्यक्तिलाई ‘कोभिड-१९ को केस’ वा ‘कोभिड-१९ पिडित’ भनेर नभन्नुहोस्।

👍गर्नुहोस्: मानिसहरूलाई कोभिड-१९ को संक्रमण भएको बारेमा कुरा गर्नुहोस्।

👎नगर्नुहोस्: कसैले “कोभिड-१९ संक्रमण गराएको”, “कोभिड-१९ सारेको” वा “कोभिड-१९ फैलाएको” भनेर नभन्नुहोस् किनभने त्यसो भन्दा उनीहरूले नियतवश संक्रमण फैलाएको तथा यो उनीहरूको दोष भएको ईकित गर्दछ।

👍गर्नुहोस्: तथ्यपरक सुचना तथा सबैभन्दा पछिल्लो आधिकारीक स्वास्थ्य सल्लाहका आधारमा कोभिड-१९ को जोखिमबारे कुरा गर्नुहोस्।

👎नगर्नुहोस्: अपुष्ट हल्लालाई नदोहोर्याउनुहोस् तथा थप नफैलाउनुहोस्, र “महामारी”, “विश्व-विनास” जस्ता त्रास फैलाउनसक्ने अतिशयोक्तिपूर्ण शब्दहरूको प्रयोग गर्नुहोस्।

अन्तमा यस रोगको रोकथामका प्रभावकारी विधिहरू : जस्तै साबुन पानीले हात धुने तरिका आदिलाई विशेष महत्व दिई सकारात्मक तवरले कुरा गर्नुहोस्। धेरैजसो मानिसका लागि यो रोगको सामना गर्न सम्भव छ। आफु, आफ्नो परिवार तथा अत्यन्तै जोखिममा रहेकालाई सुरक्षित राख्न सरल उपायहरू द्वारा सम्भव छ।

प्रतिक्रिया दिनुहोस्