Logo

लक डाउनको माहोल – बालबालिकालाई संस्कार र व्यबहार सिकाउने मौका



Spread the love

हरेक घर-परिवारको आफ्नै संस्कार हुन्छ । यस्तो संस्कार हामीले आफ्नो बच्चाबाटै सिकाउन सुरु गर्नुपर्छ । पारिवारिक संस्कारले बालबच्चालाई सही बाटोमा हिँड्न प्रेरित गर्छ । जब बच्चाले उचित संस्कार पाउँदैन, उनीहरु पथभ्रष्ट हुने भय रहन्छ । त्यसैले घर परिवारले बच्चालाई सही संस्कार दिनुपर्छ । कोरोना सङ्क्रमणको खतराले सरकारले गरेको लक डाउनको समयमा बालबालिका असुरक्षित तरिकाले मोबाइलको लतमा त फसेका छैनन् वा तपाईँ आफैँ पनि कसरी समय बिताउने भनेर दिक्क त हुनुहुन्न ?

यसलाई तपाईंले कसरी लिनु भएको यो समयलाई बालबालिकालाई ब्यबहारिक कुरा सिकाउने, उनीहरूसँग घुलमिल हुने महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्न विज्ञहरूको सुझाएका छन् ।अरुबेला कार्यालय, विद्यालय जाने हतारो हुन्छ त्यो बेला गर्न नपाएका धेरै काम हुन्छ जुन अहिले हामीले गर्न सकिने प्रष्ट पार्दे थप्नुहुन्छ, मोबाइल चलाउनुपरेमा पनि आफू र बच्चालाई सँगै राखेर चलाउनुपर्छ जसले बालबालिकाले के हेरिरहेको छ अभिभावकलाई थाह हुन्छ ।

बच्चालाई हामीले यस्तो कुरामा अभ्यस्त गर्नुपर्छ कि, जसले उनीहरुलाई अनुशासित जीवनयापन गराउन मद्दत गर्छ । यसमा उनीहरुको उठ्ने, सुत्ने, खाने, बस्ने, पढ्ने, खेल्ने सबै तालिका निश्चित हुनुपर्छ । सही समयमा सुत्ने, सही समयमा खाने, सही समयमा खेल्ने, सही समयमा पढ्ने कुरामा अभ्यस्त गराउनुपर्छ । यसरी संस्कार सिकाउनका लागि बच्चालाई उपदेश दिने होइन, उदाहरण बन्नुपर्छ ।

बालबालिकालाई विगार्ने आमाबुवाले गर्दा नै हो । मोबाइल, ट्याब दियो खुसी भयो आफू पनि समय पायो कि सामाजिक सञ्जालमा ब्यस्त हुने मोबाइलमा नै रमाउने । संस्कार सिकाउने, अनुशासन सिकाउने भन्ने कुरा पढाएर, घोकाए, कराएर, तर्साएर, उपदेश दिएर हुने कुरा होइन । उनीहरुलाई विस्तारै त्यस्तो कुरामा अभ्यस्त गराउनुपर्छ ।

अभिभावकले उनीहरूसँगै खेल्ने रमाइला कुरा गर्ने, कथा सुनाउने, परिवारका अवस्था, गाउँघरका कुरा गरेर उनीहरूमा सामाजिक संस्कृतिक संस्कार र परिवेशका बारेमा जानकारी दिन सकिन्छ ।अभिभावकको फुर्सदको समयमा बालबालिकाको साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि । साथै उमेर अनुसारका विभिन्न क्रियाकलाप गर्न उनीहरूलाई प्रेरित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्