Logo

लकडाउनको बेलामा ऋतिक रोशन र पूर्व पत्नी सुजैनको मिलाप



Spread the love

ऋतिक रोशन र सुजैन खानको डिभोर्स भएको धेरै समय भइसक्यो । तर पनि दुबैबीचको दोस्ती अझै खत्तम भएको छैन । आफ्ना बच्चाहरुसँग दुबै जना साथमा देखिरहेका हुन्छन् । यस पटक पनि बच्चाहरुका लागि दुबै जना एक साथ भएका छन् ।

Image result for ऋतिक रोशन र पूर्व पत्नी सुजैनको

दुबै जना २१ दिनको लकडाउनको समयमा एकैसाथ रहनेछन् । ऋतिक रोशनले पूर्व पत्नी सुजैन खानको तारिफ गर्दै फोटो पोस्ट गरेका छन् । पोस्टमा उनले,’ सुजैन आफ्ना बच्चाहरुका लागि केही समय लिएर घरमा आएकी छिन् ताकी अनिश्चित समयमा बच्चाहरु आफ्नो आमाबुवासँग साथ रहुन् ।’ डिभोर्सपछि एकले अर्कालाई भेट्ने सम्भावना निकै कम हुन्छ । तर ऋतिक र सुजैनले यसलाई गलत साबित गरेका छन् ।

Image result for ऋतिक रोशन र पूर्व पत्नी सुजैनको

उनीहरुले अप्ठ्यारो समयमा एकले अर्कालाई गर्न सकिने सहयोग, सद्भाव र मानवता अझै पनि यस संसारमा भएको पुष्टि गरेका छन् । सुजैन र ऋतिकको विवाह सन् २००० मा भएको थियो । बिहे भएको १૪ वर्षमा उनीहरुको डिभोर्स भएको थियो । उनीहरुका दुई सन्तान छन् ।

– एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्