Logo

निम्मीको निधन, बलिउड शोकमा



Spread the love

प्रख्यात बलिउडकी अभिनेत्री निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ । उनी केही महिना अगि देखि नै बिरामी थिइन् । मुम्बइको सरला नर्सिङ्ग होममा उनको मृत्यु भएको हो ।

निम्मीको निधनबाट बलिउड शोकमा परेको छ । बलिउड स्टार ऋषि कपुरले ट्वीट गर्दै भनेका छन्,” प्रेम र अाशीर्वादको लागि धन्यबाद निम्मी चाची ! तपाईं राज कपूर परिवारको हिस्सा हुनुहुन्थ्यो । बर्सात तपाईंको पहिलो चलचित्र थियो । भगवानले तपाईंलाई स्वर्गमा बास दिउन् ।” लेखक गौतम चिन्तामणिले ट्विट गर्दै भनेका छन्, “निम्मीजीको निधनको साथ, भारतीय सिनेमाको सुनौलो युगको साथको सम्बन्ध हराएको छ । बर्सात, अमर अनि आधियाँजस्ता यादगार सम्झनाको लागि धन्यबाद !” यसै गरी निम्मीलाई अलका लम्बा, महेश भट्ट, अतुल मोहन लगायतका अन्य मानिसहरुले समवेदना प्रकट गरेका छन् ।

निम्मीले १६ वर्षको उमेरबाट नै चलचित्रमा काम गर्न थालेकी थिइन् । सन् १९૪९ देखि १९६५ सम्म उनी चलचित्रमा सक्रिय भइन् । उनी त्यो युगकी उत्कृष्ट अभिनेत्रीको रुपमा चिनिन्थिन् । निम्मीको खास नाम ‘नवाव बानो’ थियो । निम्मीले एस अली राजासँग बिहे गरेकी थिइन् । राजाको मृत्यु सन् २००७ मा भएको थियो । राजकपुरले निम्मीलाई चलचित्र वर्सातबाट बलिउडमा डेब्यू गराएका थिए । चलचित्र हिट भएपछि निम्मीले धेरै चलचित्रमा अभिनय गरिन् ।

– एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्