Logo

घरभित्रै बस्दा ‘मुड फ्रेस’ कसरी गर्ने?



Spread the love

सरकारले नै अर्को सोमबारसम्मको लागि घरबाट बाहिर ननिस्कनको लागि आग्रह गरेको छ । घरभित्र नै बस्नुपर्दा यसले धेरै मानिसहरुमा तनाव निम्त्याएको छ । यस्तो अवस्थामा‘मुड फ्रेस’ कसरी गर्ने?
संगीत वा पढाईको विकास: यदि तपाईं एक्लै भएको महसुस गर्नुहुन्छ भने मानसिक उदासिनताले झनै स्वास्थ्य समस्या गराउन सक्छ । यस्तो अवस्थामा आफूलाई म पर्ने कुरा पदने वा हामी मनपर्ने संगीत पनि सुन्न सक्छौं ।
बिहानको पैदल यात्रा: आफ्नै घरको छतमा वा सम्भव भए आफ्नै घरको कम्पाउण्डमा मात्रै भएपनि बिहान एक छिन टहलिनु आवश्यक हुन्छ । ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्दा दिमागले सही दिशामा काम गर्छ ।
साथीहरूसँग कुरा गर्नुहोस्: यस्तो बेलामा भिडियो कन्फ्रेन्स मार्फत् साथीहरुसँग कुरा गरेर पनि हामी साथीसँग रमाइलो गर्न सक्छौं ।
व्यायाम: यदि तपाईंसँग व्यायाम गर्ने धेरै समय छैन भने दिनमा १५ देखि २० मिनेट मात्रै भएपनि ब्यायाम गर्नुपर्छ ।
स्वस्थ आहार: सात्विक खाना खानेलाई तामसी खाना खानेको भन्दा बढी फाइदा हुन्छ । त्यसैले सधै स्वस्थ खाना खानुपर्छ ।
ढुक्कसँग निदाउनुहोस्: यदि तपाईं राम्ररी सुत्नुभयो भने शरीरको उर्जा दिनभरीका लागि रहनेछ । साथै, तपाईं आफ्नो काम ठिकसँग गर्न सक्षम हुनुहुनेछ र तपाईंको मुड पहिले भन्दा राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्