चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यस वर्षको नवरात्रि अरु समय जस्तो भिन्न छैन । कोरोनाको प्रभावका कारण सोमबारदेखि सरकारले एक हप्ते लकडाउन जारी गरेकोले मन्दिर जान समेत समस्या हुनेछ । त्यसैले यो नवरात्रमा सबैले आआफ्नै घरमा नै धुमधामका साथ मनाउ ।
कोरोनाको कारण यतिबेला साथीहरुसँग भेटघाट गर्ने सकिने अवस्था छैन । परिवारसँग रमाएर बस्नु बाहेक अरु कुनै विकल्प छैन। चिकित्सकहरु यो समयमा धेरै भन्दा धेरै रोग प्रतिरक्षा क्षमता बढाउने खालको खानेकुरा खानुपर्ने बताउँछन् ।
शारदीय नववर्षको समयमा मुख्य दशैं मनाउने गरिन्छ भने यो वसन्त ऋतुमा मनाइने दशैं हो । जसमा ९ दिनसम्म विधि पूर्वक विभिन्न देवीहरुको पूजागर्ने गरिन्छ । सनातन धर्मालम्बीहरुले धुमधामका साथ मनाउने यो दशैं कोरोना भाइरसको कारणले यो वर्षको दशैं समेत प्रभावित भएको छ । जुन घरभित्रै सबैसँग दशैं मनाउने अवसरको रुपमा समेत यसलाई लिन सकिन्छ ।
चैते दशैंको पहिलो देवी भगवतीको प्रतिमा घरमा नै स्थापित गरेर पूजा गर्न सकिन्छ । यदि तपाईं नवरात्रिको उपवास राख्न असमर्थ हुनुहुन्छ भने पनि खानामा विशेष ध्यान दिएर नवरात्र मनाउन सकिन्छ । यो समयमा सकेसम्म सात्विक खाना लिनु स्वास्थ्य र धार्मिक हिसाबले समेत शुभ मानिन्छ । सबैसँग प्रेम र सौहार्दको व्यवहार गर्नुहोस्, त्यसपछि लक्ष्मी घरमा बस्छिन्, नवरात्रको दिनमा, त्यहाँ कलह, द्वेष र अन्य कुनै कुरा त्याज्य छ । बाहिर गएर मन्दिरसम्म धाउनु भन्दा घरमै बसेर भक्ति र पूजा गर्न सकिन्छ ।