एजेन्सी । काेभिड–१९ अर्थात् कोरोना भाइरसको कारण इटालीमा ज्यान जानेहरुको सङ्ख्या ४,०३२ पुगेकाे छ ।
कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या इटालीमा ४७,०२१ रहेका छन् भने विश्वभर काेराेनाकाे संक्रमण हुनेहरूकाे सङ्ख्या २७६,४७४ पुगिसकेकाे छ । विश्वभर गरी काेराेना भाइरसले गर्दा ११,४१७ जनाकाे ज्यान गइसकेकाे छ ।
इटालीमा व्यापक रूपमा फैलिंदा चीनमा भने नियन्त्रण भइसकेकाे छ । भाइरसकाे उत्पत्ति मानिएकाे वुहानमा कुनै पनि संक्रमित भेटिएनन् । बाहिरबाट आएका ४१ जनामा भने संक्रमण देखिएकाे छ ।
चीनमा हालसम्म ३,२५५ जनाकाे ज्यान गएकाे छ भने संक्रमितकाे सङ्ख्या ८१,००८ रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्