७ चैत, काठमाडौँ । डेढ महिना अघिदेखि लगातार उकालो लागि रहेको सुनको मूल्य हिजो बिहिबार १५ सयले ओरालो लागेको थियो भने आज बिहिबार ५ सयले उकालोको छ ।
बिहिबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ५ सयले बढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बिहिबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको आज शुक्रबार चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्