एजेन्सी । विश्वभर फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण संक्रमित हुनेहरुको सङ्ख्या मंगलबारको रिपोर्ट अनुसार १८४,९७६ पुगेको छ भने ७,५२९ जनाको मृत्यु भइसकेको छ । डब्ल्यूएचओले कोरोनालाई महामारीको रुपमा घोषणा गरिसकेको छ । विभिन्न देशहरुले आपतकालीन घोषणा गरेका छन् । उद्गम देश मानिएको चीनमा भने धेरै सुधार हुँदा इटाली, इरान लगायतका विभिन्न देशमा कोरोनाको संक्रमण बढिरहेको छ ।
कोरोनासम्बन्धि ८ प्रश्नहरूकाे बारेमा यहाँ छोटकरीमा वर्णन गरिएको छ
१. कोरोनाको लक्षण देखिन कति समय लाग्छ ?
वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको संक्रमणपछि यसको लक्षण देखिन पाँच दिनको समय लाग्ने बताएका छन् तर कुनै मानिसमा भने यसको लक्षण देखिन पाँच दिनभन्दा बढी लाग्न सक्छ ।
विश्व स्वास्थ्य संघका अनुसार कोरोनाबाट संक्रमित व्यक्तिमा लक्षण १४ दिनसम्म रहन्छ तर केही अनुसन्धानकर्ताहरुले भने लक्षण २४ दिनसम्म रहन सक्ने बताएका छन् ।
इन्कुवेसन पिरियड अथवा संक्रमित भइसकेपछि लक्षण देखिन थाल्नुबीचको समयलाई बुझ्नु आवश्यक हुन्छ । भाइरसबाट संक्रमित भएपछि र त्यसको लक्षण देखिनुबीचको अवधिलाई इन्कुवेसन पिरियड अर्थात् उष्मायन अवधि भनिन्छ ।
२.फ्लू अनि कोरोना भाइरसमा के फरक छ ?
कोरोना भाइरस अनि फ्लूमा धेरै लक्षणहरु एउटै खालका छन् । बिना मेडिकल टेष्ट फरक छुट्याउन गाह्रो हुन्छ । कोरोना भाइरसको प्रमुख लक्षण ज्वरो हो । फ्लूमा धेरैजसो घाँटी दुख्ने गर्दछ । कोरोना भाइरसबाट संक्रमित भएको मानिसलाई सास फेर्न गाह्रो हुन्छ ।
३.कसरी एकान्तमा बस्ने ?
सेल्फ आइसोलेसन अर्थात् आफूलाई भीडभाडबाट टाढा राख्ने अथवा काम, विद्यालय, लगायतका सार्वजनिक स्थानमा नगई घरैमा बस्ने । घरभित्र पनि परिवारका सदस्यहरुलाई छुट्टाछुट्टै राख्नु राम्रो हुन्छ ।
४. दमका बिरामीलाई कोरोना भाइरस कत्तिको खतरा ?
दमका बिरामीलाई कोरोना संक्रमित भएमा समस्या झन् बढ्न सक्छ । कोरोना भाइरसले श्वासप्रश्वास प्रक्रियामा बढी असर गर्दछ ।
५.ढोकाको ह्याण्डलबाट कोरोना फैलिन सक्छ ?
यदि कुनै संक्रमित व्यक्तिले हाच्छ्युँ गर्ने बेलामा मुख हातमा लिएर गयो अनि त्यहीं हातले कुनै वस्तुलाई समात्यो भने त्यो विषाणुयुक्त हुने गर्दछ ।
ढोकाको ह्याण्डल पनि यहीं उदाहरणजस्तै दोस्रो व्यक्तिमा संक्रमण हुने खतरा हुन्छ । विज्ञहरु कोरोना भाइरस जुन सतहमा पनि अस्तित्वमा रहन सक्ने बताएका छन् । यसकारणले बेला बेलामा हात धोइरहनु आवश्यक हुन्छ ।
६. स्विमिंग पुलमा पौडिनु कति सुरक्षित ?
धेरैजसो स्विमिंग पुलमा क्लोरिन मिसाएको हुन्छ । क्लोरिन यस्तो खालको रसायन हो जसले जिवाणु तथा विषाणु नष्ट हुने गर्दछ । यसकारण कुनै स्विमिंग पुलमा क्लोरिन मिसाएको छ भने त्यसमा पौडी खेल्न सुरक्षित हुन्छ तर पुलमा संक्रमित व्यक्तिले खोक्दा अथवा हाच्छ्युँ गर्दा भने संक्रमित हुने सम्भावना बढी हुन्छ ।
७. मास्क लगाउनु कति जरुरी ?
ब्रिटेनको स्वास्थ्य विभागले भाइरसबाट बच्नको लागि मास्क लगाउन सिफारिस नगरे पनि मास्क लगाउँदा केही फरक भने पर्छ । तर यो होइन कि मास्क लगाएर संक्रमित भइंदैन । मास्क लगाउनुका साथै नियमित रुपमा सरसफाइमा ध्यान दिइयो भने कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।
८. कोरोना भाइरस बच्चाहरुमा कति खतरा ?
चीनको आँकडा अनुसार बच्चाहरु तुलनात्मक रुपमा कोरोनाको संक्रमणबाट बचेका छन् । तर जुन बच्चामा फोक्सोको समस्या छ, उसमा सावधान हुनु पर्दछ । यस्तो अवस्थामा भाइरसको संक्रमण हुन सक्दछ । भाइरस फैलिन नदिन विद्यालय बन्द गर्नु अझ राम्रो हुन्छ ।
याे पनि पढ्याैँ ।
कोरोना भाइरसले कसरी शरीर शिथिल पार्छ ?