नयाँ कुराप्रति हाम्रो उत्सुकता उल्लेखनिय रुपमा पाइन्छ । नयाँ लुगा लगाउँदा हामी फुरुंग हुन्छौ । नयाँ ठाउँ घुम्न जाँदा हामी दंग पर्छौं । त्यस्तै हामीमा नयाँ काम गर्दा उत्तिकै जोस जागर आउने गर्छ ।
हरेक चिजमा नयाँपन खोज्ने त हाम्रो स्वभाबै होनी । तर, हामी आफ्नो जीवन जिउने शैली नयाँ ढंगबाट गर्न चाहिरहेका हुँदैनौ । त्यही खाना खान्छौ, त्यही गीत सुन्छौ, त्यही काम गर्छौ, त्यही मान्छेहरु भेट्छौ। हाम्रो यस्तो स्वभाबले गर्दा नै हामीलाई आफ्नै दिनचर्या देखि वाक्क लाग्न थाल्छ । अस्ति जे गर्यौं, हिजो त्यही दोहोर्यायौ । आज त्यही गर्दैछौ । भोलि पनि त्यसै गर्नेछौ । केही नयाँपन छैन ।
हामी आफ्नो जीवन शैलीलाई फरक बनाउन सक्दैनौ वा चाहँदैनौ । यसले गर्दा हामी नयाँ चुनौतीसँग जुध्नुपर्दैन । हिजो जस्तो थियो, आज त्यस्तै छ । भोलि पनि त्यस्तै हुनेछ । तर, जब जीवनमा चुनौती आउछ तब तव जीवन जिउनुको असली मज्जा आउछ। एउटै कुरा दोहोर्याइरहँदा हामीले नयाँपन अनुभव गर्न सक्दैनौ । तर, हरेक दिन झुल्कने घामसँगै हाम्रो नयाँ दिन सुरु हुन्छ ।
सधै गंभिर मात्र नबन्नुहोस् । सधै भावुक मात्र नबन्नुहोस् । मनलाई नियन्त्रण गरेर मात्र नराख्नुहोस् । बेलाबखत उटपट्याङ हर्कतहरु गर्नुहोस् । यद्यपी यसले अरुलाई हानी, नोक्सानी हुनुभएन । परिचित मात्र होइन, अपरिचितमाझ पनि केही उटपट्याङ गर्न सकिन्छ जस्ली गर्दा जीवनमा केही नयाँपनको आभास हुनेछ ।
हिजो जसरी काम गर्नुभएको थियो, त्यसलाई छाड्नुहोस् । आज नयाँ ढंगले काम गर्नुहोस् । आफनो योजना र सोंचलाई पनि केही बदल्नुहोस् । जुन लक्ष्य र योजना छ, त्यसलाई नयाँ ढंगबाट पुरा गर्ने सोंच बनाउनुहोस् ।
जीवनमा केहि नयाँपन पाउनको लागि तपाईंको दिनचर्या केही बदल्नुहोस् । कामलाई पनि अलि नयाँ ढंगले गर्नुहोस् । नयाँ साथीहरुसँग भेट्नुहोस् । नयाँ काम गर्नुहोस् । नयाँ कुरा गर्नुहोस् । अर्थात पहिरनमा, खानामा, काममा नयाँपन खोज्नुहोस् । तपाईंले पक्कै जीवनमा नयाँपन अनुभूत गर्नुहुनेछ ।