Logo

पर्याप्त निद्राका लागि तपाईले आफु भित्र ल्याउनु पर्ने परिर्वतनहरु !



Spread the love

आफ्नो दिमाग ताजा र रिल्याक्स गर्नका लागि सही समयमा र सही मात्रामा सुत्नु पनि अति नै आवश्यक छ । यदि हामीले सही निद्रा लिएनौं भने स्वास्थका साथ–साथै छालासंग सम्बन्धित विभिन्न समस्याहरुको सामना गर्नु पर्ने हुन्छ ।

राम्रोसंग सुत्न नसक्नुको विभिन्न कारणहरु हुन सक्छन् । जस्तो तपाईंको बेडरुमको डसना, सुत्ने समय निर्धारण नहुनु, चिन्ता, तनाव, प्रकाश र आवाज । यसबाहेक कसैसंग बेडरुम शेयर गर्नमा पनि विभिन्न समस्याहरुको सामना गर्नु पर्छ । त्यस्तो अवस्थामा तपाईंले यी सबै कुराहरुमा ध्यान दिनु आवश्यक छ ।
सुत्ने र उठ्ने समय निर्धारण गर्नु पर्छ
सुत्ने समय निर्धारण गर्नु पर्छ । पर्याप्त र एउटै समयमा सुत्ने र उठ्ने गर्दा शरीरमा राम्रो हार्मोनहरु बन्न सहयोग पुग्छ । त्यसका साथै शरीरले रिल्याक्स र ताजा भएको महसुस गर्छ ।
सही बेडटाइम रुटीन
सुत्नु अगाडि आफुलाई रिल्याक्स बनाउनु पर्छ । त्यसका लागि तपाईंले तातो पानीले नुहाउन सक्नु हुन्छ । यसबाहेक सुत्नु अगाडि स्लीप टी पीएर सुत्न सक्नु हुन्छ ।
सुत्नु अगाडि स्क्रिन हेर्नु हुँदैन
यदि तपाईंको राती सुत्ने बेलामा ओछ्यानमा पनि आफ्नो फोन प्रयोग गर्ने बानी छ भने त्यसलाई आजदेखि नै छोडिदिनु होस् । त्यसका साथै सुत्नु अगाडि टेलिभिजन हेर्न पनि बन्द गर्नु पर्छ । त्यस्तो अवस्थामा घण्टौं स्क्रीन हेर्नाले निद्रा नलाग्ने समस्याको सामना गर्नु पर्छ ।
व्यायाम गर्नु पर्छ
व्यायाम र योगा गर्नाले शरीरको लागि राम्रो हुन्छ । त्यसले तपाईं दिनभरी ताजा महसुस गर्नु हुन्छ । त्यसको साथै राती राम्रो निद्रा आउन सहयोग गर्छ। त्यसैले व्यायाम अथवा योगा गर्नाले फिट र फाइन रहनुको साथै दिमाग पनि शान्त र रिल्याक्स हुन्छ ।

प्रतिक्रिया दिनुहोस्