एजेन्सी । कोरोना भाइरसको बाबजुत पनि टाइगर श्राफ र श्रद्धा कपुर अभिनित चलचित्र बाघी–३ ले बक्स अफिसमा सङघर्ष गरिरहेको छ । चलचित्र प्रदर्शनको दोस्रो सातामा बाघी–३ ले लगभग ७ करोड भारु बनाउन सफल भएको छ ।
कोरोना भाइरसको कारणले हलहरु ध्माधम बन्द हुँदा चलचित्रको व्यापार ५० प्रतिशतले खस्किएको छ । बाघी–३ ले ९८ करोड भारु बनाइसकेको छ । अबको केही दिनमा चलचित्र सय करोड क्लबमा प्रवेश गर्नेछ ।
चलचित्र बाघी–३ मा टाइगर र श्रद्धाबाहेक रितेश देशमुख, अन्किता लोखण्डे, आशुतोष राणा, ज्याकी श्राफ, विजय बर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् । चलचित्र मार्च ६ मा प्रदर्शनमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्