Logo

कोरोना अपडेट



Spread the love


एजेन्सी । विश्वभर सन्त्रास फैलाइरहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट विश्वभर गरी १६९,३८७ जना संक्रमित भएका छन् । तीमध्ये ८१,०२० जना चीनमा रहेका छन् ।

अहिलेसम्मको तत्थाङ्क हेर्दा विश्वभर ६,५१३ जनाको ज्यान गइसकेको छ । जसमध्ये चीनका ३,२१७ रहेका छन् । भने विश्वभरका १४८ देशमा कोरोना देखिएको छ ।

भाइरसको उत्पत्ति मानिएको चीनले भने संक्रमित र मृत्यु हुनेहरुको सङ्ख्या निकै घटेको छ । आइतबारको रिपोर्ट अनुसार चीनमा १६ जना संक्रमित भेटिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

जर्मनीमा संक्रमित हुनेहरुको सङ्ख्या ५,८१३ रहेको छ भने १३ जनाको मृत्यु भइसकेको छ ।
दक्षिण कोरियामा पनि भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ८,२३६ पुगेको छ । चीनपछि दक्षिण कोरियामा भाइरसको संक्रमण देखिएको थियो तर दक्षिण कोरियाले मृत्युदरलाई नियन्त्रण गरेको छ । सोमबारसम्मको रिपोर्ट अनुसार दक्षिण कोरियामा ७५ जनाको मृत्यु भएको छ ।

चीनमा संक्रमित हुनेहरूकाे सङ्ख्या घट्दा इटालीमा भने अत्याधिक मात्रामा फैलिएको छ । इटालीमा २४,७४७ जनामा कोरोना भाइरस देखिएको छ भने १,८०९ जनाको मृत्यु भइसकेको छ ।

यसै गरी इरानमा पनि संक्रमित हुनेहरुको सङ्ख्या १३,९३८ पुगेको छ भने ७२४ जनाको मृत्यु भएको छ ।

स्पेनले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आपतकालीन बन्दको घोषणा गरिसकेको छ । आजसम्मको रिपोर्ट हेर्दा स्पेनमा २९२ जनाको मृत्यु भइसकेको छ भने ७,८४४ जना संक्रमित रहेका छन् ।

छिमेकी राष्ट्र भारतमा संक्रमित हुनेहरूकाे सङ्ख्या ११३ पुगेकाे छ भने २ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्