पहिलो पटकको यौन सम्पर्कका बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ । जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् । यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो पटकको सेक्सको बारेमा हामी केहि जान्कारी दिन्छौँ ।
यदि तपाईं आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो सेक्स अनुभव राम्रो नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।
पहिलो पटक याैन सम्पर्क गर्दा ध्यान दिनुपर्ने ६ महत्वपूर्ण कुराहरु यहाँ प्रस्तुत गरिएका छन् । याैन जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् ।
१.पहिलो पटकको सेक्स पीडादायक हुन्छः
पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ । चाहिएको खण्डमा तपाईं लुब्रिकेन्टको प्रयोग पनि गर्नसक्नुहुनेछ ।
२.आकारको महत्वः
विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।
३.पोर्न फिल्म जस्तो अनुभवः
यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो भुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।
४. ब्लिडिङको धारणाः
धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स पछि महिलाको रगत आउने धारणा छ । ब्लिडिङको धारणा कुमारित्वसँग जोडिएको हुँदैन । हाइमन टुटेमा ब्लिडिङ हुने गर्दछ । हाइमन खेल खेल्दा, साइकल चलाउँदा र अरु केहि कार्य गर्दा नै टुटिसकेको पनि हुनसक्छ ।
५.धेरै बेरसम्म सेक्सः
पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला ।
६. चरमोत्कर्षः
यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् ।