Logo

द बर्निङ्ग ट्रेनको रिमेक बन्ने



Spread the love


एजेन्सी । सन् १९८० मा प्रदर्शन भएको क्लासिक चलचित्र द बर्निङ्ग ट्रेनको रिमेक हुने भएको छ ।

इत्तफाक अनि पती पत्नी और वो बनाइसकेका जुनो चोपडा आफ्नो प्रोडक्सनमा तेस्रो चलचित्रको रुपमा द बर्निङ्ग ट्रेनको रिमेकमा जुटिरहेका छन् ।

द बर्निङ्ग ट्रेनमा सत्तरी र असीका स्टार धर्मेन्द्र, जीतेन्द्र, विनोद खन्ना, हेमा मालिनी, नीतु सिंह, डेनी, विनोद मेहरा, नाजिर हुसेन, ओम शिवपुरी लगायतका कलाकारहरुले अभिनय गरेका थिए । कलाकार तथा निर्माता ज्याकी भागनानी जुनो चोपडासँग मिलेर रिमेक बनाउने काममा लागि परिरहेका छन् ।

ज्याकीले मुम्बइ मिररसँग कुराकानी गर्दै भने,“यो बलिउडको क्लासिक बलिउडको चलचित्र हो र म मेरो साथी जुनो चोपडासँग मिलेर यसको रिमेक गर्नको लागि निकै उत्साहित भएको छु । हामीले कलाकारको छनोट कार्य चाँडै नै सक्नेछौँ । चलचित्रमा नयाँ ट्विस्ट पनि थप्ने छौँ ।”

प्रतिक्रिया दिनुहोस्