Logo

बाघी–३ १०० करोड क्लबमा प्रवेश गर्दै



Spread the love


एजेन्सी । टाइगर श्राफ र श्रद्धा कपुरको अभिनय रहेको चलचित्र बाघी–३ १०० करोड क्लबमा प्रवेश गर्दै छन् ।

बाघी–३ ले भारतमा मात्र नभई बाहिर पनि राम्रो कमाइ गरिरहेको छ । बाघी–३ मार्च ६ मा प्रदर्शनमा आएको थियो । अहिलेसम्मको हिसाब हेर्दा भारतमा मात्र ७३.१६ करोड भारु बनाएको छ भने बाहिर १७.१५ करोड भारु । डोमेस्टिक बक्स अफिस र इन्टरनेसनल बक्स अफिस गरी बाघी–३ ले ९०.१३ करोड भारु कमाउन सफल भएको छ । आज बाघी–३ १०० करोड क्लबमा प्रवेश गर्नेछ ।

नयाँ सालमा धेरै कमाउने चलचित्रको सूचिमा बाघी–३ दोस्रोमा पर्ने छ । पहिलोमा भने तानाजी रहेको छ । तानाजीको रेकर्ड तोड्न भने बाघी–३ लाई असम्भव नै हुनेछ । समीक्षकहरुले यस चलचित्रलाई ५ मा २ स्टार दिएका छन् ।

अहमद खानले निर्देशन गरेको चलचित्र बाघी–३ मा टाइगर र श्रद्धाबाहेक रितेश देशमुख, विजय वर्मा, अन्किता लोखण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्