यदि तपाईंको खुशी अरु कसैमा निर्भर छ भने तपाईंको जिन्दगीले सहि गन्तब्य लिएको छैन भन्ने बुझ्दा हुन्छ । हामी सबैको जीवनमा यस्ता केही व्यक्ति, परिवार वा साथी हुन्छन् । जो हाम्रो लागि समय निकाल्छन् । तपाईंले आफ्नो खुशीको बारेमा पनि सोच्नु जरुरी हुन्छ । तपाईंलाई जे गर्न मन छ, त्यो गर्नुहोस् । तपाईलाई आफ्नो लागि के गर्ने भन्ने कुरा थाहा छैन भने यस्ता कामहरु गर्नुहोस्:
-एक्लै घुम्न जानुहोस्
साथीहरुसँग घुम्नुको सट्टामा कुनै योजना एक्लै घुम्ने पनि बनाउनुहोस् । यो यात्राले आफूलाई राम्रोसँग बुझ्ने मौका मिल्छ । यसले तपाईंको आत्मविश्वास पनि बढाउँछ ।
-आफ्नो समय मन पर्ने कुरामा खर्च गर्नुहोस्
तपाईंलाई पनि यी कुरा मन पर्छ भने एक सातामा एकपटक आवश्य पनि यसका लागि समय दिनुहोस् । यसले तपाईंभित्र रहेको भावनालाई पनि बचाइराख्छ ।
-एक्लै सपिङ जानुहोस्
सबैभन्दा महत्वपूर्ण कुरा त तपाईंले आफ्नै लागि पनि समय दिन सक्नुहुन्छ । यसबाट तपाईंलाई आफ्नो आफ्नो मनपर्ने कुरा पनि थाहा हुन्छ । कसैलाई शपिङमा लैजाँदा हामी उसलाई मन पर्छ कि पर्दैन भनेर पनि सोध्छौं । त्यसैले यसबाट बच्नु जरुरी हुन्छ ।
-रेष्टुरेन्टमा पनि एक्लै जानुहोस्
तपाईं रेष्टुरेन्टमा कसैसँग जानुहुन्छ भने आफूलाई मन परेको खाना विना कुनै हिचकिचाहट अर्डर गर्नुहोस् । यसले तपाईंको निर्णय लिने क्षमता पनि बढाउँछ ।
-फिल्म हेर्नु
तपाईं आफ्नो काममा व्यस्त हुनुहुन्छ वा आफूलाई मन परेको फिल्म हेर्न पाइरहनु भएको छैन भने आफ्नो योजना नत्याग्नुहोस् । तयार हुनुहोस् र कोही साथी मिलेनन् भने एक्लै जानुहोस्, किनकी तपाईंको खुशीको अधिकार अरुसँग हुँदैन ।
प्रतिक्रिया दिनुहोस्