एजेन्सी । महिला र बालबालिकामा कोरोना भाइरसको जोखिम पुरुषमा भन्दा कम हुने गरेको एक अध्ययनले पत्ता लगाएको छ । यो भाइरसबाट मर्नेमा महिला र बालबालिका कमै रहेका छन् ।
अध्ययनका अनुसार २।८ प्रतिशत पुरुष र १।७ प्रतिशत महिलाले ज्यान गुमाएका थिए । उमेरको हिसाबमा भने भाइरसबाट संक्रमित ०।२ प्रतिशत बालबालिका र किशोरले ज्यान गूमाउन परेको थियो । ८० वर्षभन्दा बढी उमेरका मानिसको मृत्युदर भने १५ प्रतिशत छ ।
स्वास्थ्य विज्ञहरुको अनुसार अभिभावकले सकेसम्म उनीहरुलाई भाइरसबाट बचाउन प्रयत्न गर्छन् । त्यसैले पनि उनीहरुमा पनि यसको जोखिम कम भएको हो ।
महिलाको तुलनामा पुरुषको जीवनशैली पनि खराब हुने भएकाले महिलामा यो भाइरसको असर कम देखिएको हुन सक्ने विज्ञहरुको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्