होली पर्वमा विभिन्न प्रकारका रंगहरुमार्फत सबैमा एक-अर्काप्रति रहेका साना-ठुला गुनासाहरु टाढा हुन्छन् । रंग प्रयोग गर्दा हुने लापरवाहीका कारण हाम्रो छालामा विभिन्न किसिमको समस्याहरु उत्पन्न हुन्छ । वास्तवमा बजारमा विभिन्न प्रकारका रंगहरु उपलब्ध हुन्छन् । धेरै जसो रंग छालाका लागि हानिकारक हुन्छ ।
विशेष गरेर बजारमा तीन प्रकारका रंग उपलब्ध छन् । जसमा पेस्ट, पाउडर र गिला रंगहरु समावेश छन् । प्रायः यी रंगहरुमा केमिकल मिसाइएको हुन्छ । त्यस्तै बजारमा हर्बल रंग पनि सजिलै प्राप्त हुन्छ, जसले छालालाई कुनै प्रकारको हानी पुर्याउँदैन ।
पेस्ट
यस प्रकारको रंगमा केमिकलहरुको मात्रा धेरै हुने भएकाले यसको प्रयोगले छालालाई अति नै नोक्सान पुर्याउँछ । यसले छालालाई सुख्खा बनाउँछ भने कहिलेकाहिं यसले छाला पोलेको पनि महसुस हुन्छ । त्यसैले यस प्रकारको रंगहरुबाट टाढा रहनु नै फाइदाजनक हुन्छ ।
पाउडर
धेरैजसो मानिसहरुलाई हर्बल रंगहरुको बारेमा त्यति धेरै जानकारी नहुनाले केमिकल मिसिएको रंग किन्छन्, तर केमिकल मिसिएको रंग छालाका लागि अति नै नोक्सानदायक हुन्छ । विशेष गरेर पानीसंग यसलाई मिसाएर प्रयोग गर्दा छालामा यसको असर दुई गुणा बढि हुन्छ ।यसको प्रयोगले छाला पोल्ने मात्र नभएर छालामा रातो दागहरु पनि उत्पन्न हुन्छ ।
चम्किलो पाउडर
यो रंग बजारमा सजिलै प्राप्त हुन्छ र यो हेर्दा पनि धेरै आकर्षक देखिने भएकाले यसलाई मानिसहरुले धेरै किन्छन् ।
गाढा रंग
वास्तवमा यो बजारमा पाउडरको रुपमा नै उपलब्ध हुन्छ, तर यसको प्रयोग पानीसंग मिसाएर गरिन्छ । एकपटक छालामा लगाएपछि यसलाई सफा गर्न अति नै गाह्रो हुन्छ । छालालाई पूर्ण रुपमा सफा गर्न कम्तिमा पनि ४-५ दिनको समय लाग्छ । यसमा समावेश केमिकलहरुका कारण छाला पोल्ने, खुख्खापन, विमिरा, रातो दाग आदि जस्ता समस्याहरु उत्पन्न हुन्छन् ।
हर्बल रंग
हर्बल रंग छालाका लागि अति नै सुरक्षित र फाइदाजनक हुन्छ । हर्बल रंगले छालामा कुनै प्रकारको नोक्सान नपुर्याउने भएकाले अन्य रंगहरुको तुलनामा महंगो हुन्छ ।
यी कुराहरुलाई ध्यान दिनु पर्छ
-केवल हर्बल रंगहरुको मात्र प्रयोग गर्नु पर्छ ।
-गाढा रंगहरुको प्रयोग गर्नु हुदैन ।
-रंग लगाउनु अगाडि शरीरमा तोरीको तेल लगाउनु पर्छ ।
-रंग खेल्दा सम्पूर्ण शरीर ढाकिने किसिमको लुगा लगाउनु पर्छ ।
-रंगलाई आंखामा पर्न दिनु हुदैन ।
-दिनभरी होली खेल्नु भन्दा केही समय होली खेलेर शरीरलाई राम्ररी सफा गर्नु पर्छ ।
-गाढा रंग निकाल्नका लागि दही र बेसनको पेस्टको प्रयोग गर्न सकिन्छ ।यदि सफा गरेर पनि रंग निस्केन भने त्यसलाई जबरजस्ती निकाल्ने कोशिश गर्नु हुँदैन ।
-नुहाइ सकेपछि छालामा नरिवलको तेल लगाउनु पर्छ ।