एजेन्सी । काेभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या ३ हजार ४९१ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।
कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या चीनमा ८०,६५१ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने ५५,४०४ रहेकाे छ ।
विश्वभर भने काेराेनाकाे संक्रमण हुनेहरूकाे सङ्ख्या १०२,१८८ पुगेकाे छ ।
चीनपछि सबैभन्दा धेरै मृत्यु इटालीमा भएकाे छ । इटालीमा मृत्यु हुनेहरूकाे सङ्ख्या १९७ पुगेकाे छ भने ४,७४७ जना संक्रमित भएका छन् ।
दक्षिण काेरियामा काेराेनाबाट संक्रमित हुनेहरूकाे सङ्ख्या ६,७६७ पुगेकाे छ भने मृत्युहुनेहरूकाे सङ्ख्या ४४ रहेकाे छ ।
छिमेकी राष्ट्र भारतमा ३१ जना काेराेनाबाट संक्रमित रहेकाे सञ्चारमाध्यमहरूले बताएका छन् ।
पालमा भने अहिलेसम्म ४ सय ५० व्यक्तिमा कोरोनाको परीक्षण भएको छ । तीमध्ये एकजनामा मात्र पोजेटिभ रिपोर्ट आएको थियो तर उनी निको भएर घर फर्केका छन् । कोरोना भाइरसको संक्रमणमा अहिले पाँच जना टेकु अस्पतालको आइसोलेसनमा रहेका छन् ।
रोग नियन्त्रण महाशाखाले आत्तिन पर्ने अवस्था नआएको बताएको छ ।