होली पर्व अर्थात रङहरुको पर्व, खानपान भन्दा पनि रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने अनौठो पर्व अनि वसन्त ऋतुलाई स्वागत गर्ने पर्वको रुपमा चिनिन्छ । होलीको पर्व फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाउने गरिन्छ ।
यो पर्वमा सावधानी गुमाउँदा मानिसहरुलाई गम्भीर समस्या हुने सम्भावना पनि उत्तिकै हुन्छ । विशेषगरी होलीमा छाला र आँखाको सुरक्षा धेरै गर्नुपर्ने हुन्छ ।
धेरैले होलीमा छालाको समस्यालाई लिएर चिन्ता लिने गर्छन् । तर आँखा, हाम्रो शरीरको सबैभन्दा नाजुक र संवेदनशील अंग हो । यसको विशेष ध्यान नदिदा हामीहरु यो संसारलाई नदेख्ने बन्न सक्छौं ।
यसको अर्थ यो रंगीन मौसममा रंगमाथि ब्रेक लगाउनु पर्छ भन्ने पनि होइन । होलीको रंगीन मौसममा खुशी भित्र्याउँदै आफ्नो शरीरलाई पनि हानि नपुर्याउनको लागि केही मूलभूत विषयहरुमा ध्यान दिनु जरुरी देखिन्छ ।
– होलीमा आँखाको सुरक्षा कसरी गर्ने बारेमा जान्नुहोस् ताकि होलीको रंगले तपाईको आँखालाई कुनै पनि नोक्सानी नगरोस्।
– यदि तपाईं कसैलाई रंग लगाईरहनु भएको छ भने तपाईंले कसैलाई जबर्जस्ती गर्नुहुन्न । किनकि यस्तो अवस्थामा रंग पनि आँखामा जान सक्छ ।
– यदि र रंग तपाईंको आँखामा गएको छ भने यसलाई बिलकुल नराख्नुहोस् ।
– सर्वप्रथम, आँखालाई सफा पानीले धुनुहोस् र आँखामा बारम्बार पानी छर्किनुहोस् ।
– सनग्लासहरू प्रयोग गर्न नबिर्सनुहोस् ।
– यदि तपाईंको आँखा धेरै चिढचिढिएको छ वा तपाईंको आँखा रातो भएको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।
होली बालबालिकाको लागि जति रोमाञ्चक छ, उति नै जोखिमपूर्ण पनि हुन्छ । किनकी रङकै मामलामा भएको सानो असावधानीले पनि बालबालिकाको जीवनमा ठूलै समस्या निम्त्याउन सक्छ ।