२२ फागुन,काठमाडौँ । डेढ महिना अघिदेखि लगातार उकालो ओराली लागि रहेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा बढ्दै गइरहेको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला ८० हजार ५ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा २ सय रुपैयाँले बढेर ८० हजार ७ सयमा कारोबार भैरहेको छ । यस्तै, बिहिबार तेजाबी सुन प्रतितोला ८० हजार ४ सयमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्