Logo

काेभिड–१९ बाट चीनमा ३ हजार १२ काे मृत्यु



Spread the love

एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या ३ हजार १२ पुगेको पिपल्स डेली चाइनाले बताएको छ । हिजाेकाे रिपाेर्ट अनुसार चीनमा २, ९८१ जनाकाे मृत्यु भएकाे थियाे ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या चीनमा ८०,४०९ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने ४९,८५६ रहेकाे छ ।

दक्षिण काेरियामा काेराेनाबाट संक्रमित हुनेहरूकाे सङ्ख्या ५,७६६ पुगेकाे छ ।

चीनभन्दा बाहिर स्लाेभेनियामा काेराेनाकाे पहिलाे केस देखिएकाे छ । जापानमा १२ जनाकाे मृत्यु भएकाे छ भने १,०३५ जना संक्रमित छन् । इटालीमा पनि १०७ जनाकाे मृत्यु भएकाे छ भने संक्रमित हुनेहरूकाे सङ्ख्या ३,०८९ पुगेकाे छ । छिमेकी राष्ट्र भारतमा पनि २८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्