Logo

आठौँ सी.एस.आइ.टि क्रिकेट प्रतियोगिताको पाचौं दिन सम्म आइपुग्दा



Spread the love

आठौँ सी.एस.आइ.टि क्रिकेट प्रतियोगिताको आज पाचौं दिनका खेलहरू सकिएका छन् १३ वटा कलेज सहभागी प्रतियोगितामा सगरमाथा कलेज, बि.एम.सी, सेन्ट जेभियर्स, अस्कल, स्वास्तिक, सेन्ट लरेन्स, एच.सी.ओ.इ, मदन भण्डारी, पी.एम.सी, प्राइम, एकेडेमिया, नेपालय र आयोजक न्यु समिट कलेज रहेका छन् ।

आज भएको पाटन कलेज र हिमालय कलेज बिच भएको पहिलो खेलमा पाटन कलेजले हिमालय कलेजलाई १५ बल अघि नै ३ विकेटले पराजित गरेको छ । हिमालय कलेजले दिएको ११४ रनको लक्ष्य पाटन कलेजले १७.३ ओभरमै भेटाउन सफल भयो । खेलमा पाटन कलेजका चक्र तिमिल्सिनाले ४ ओभरमा ६ विकेट लिँदै म्यान अफ द म्याच हुनुका साथै पाटन कलेजलाई सहज जित दिलाउन सफल भए।

आजै भएको सेन्ट लरेन्स र मदन भण्डारी कलेज बिच भएको दोस्रो खेलमा सेन्ट लरेन्स कलेजले जित हात पारेको छ ।

फाल्गुन २० गते स्वस्तिक कलेज र अस्कल कलेज बिच भएको खेलमा लिग चरणमा बाहिरी सकेको स्वास्तिक कलेजलाई अस्कल कलेजले जित्न सफल भयो । अस्कल कलेजका म्यान अफ द म्याच रईश खानले ५ विकेट लिँदै जित दिलाउन सहज बनाएका थिए ।

फाल्गुन २० गते नै भएको एकेडेमिया र नेपालय बिच भएको खेलमा एकेडेमिया कलेजले ४० रनले नेपालय कलेजलाई जित्न सफल भयो । उक्त खेलमा एकेडेमिया कलेजले २० ओभरमा १२३ रनको लक्ष्य नेपालय कलेजलाई दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालय कलेजले २० ओभरमा ५ विकेट गुमाउँदै ८२ रन मात्र समेट्न सफल भयो ।

फाल्गुन १९ गते भएका लिग चरणका खेलहरूमा पाटन कलेज र भक्तपुर कलेजले जित निकाल्न सफल भए । पाटन कलेजले मदन भण्डारी कलेज र भक्तपुर कलेजले सेन्ट जेभियर्स कलेजलाई हराउन सफल रहे ।

फाल्गुन १८ गते प्राइम कलेज र नेपालय बिच भएको खेलमा प्राइम कलेजले खेल जित्न सफल रह्यो । नेपालाय कलेज १४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६१ रन मात्र जोडेको थियो । प्राइम कलेज बाट अभिनन्दन खतिवडाले म्यान अफ द म्याच जित्न सफल भएका थिए । उनले २ ओभरमा ४ विकेट लिँदै ९ रन मात्र खर्चेको थिए ।


फाल्गुन १८ गते नै भएको हिमालय कलेज र सेन्ट लरेन्स बिच भएको खेलमा सेन्ट लरेन्स कलेजले हिमालय कलेजलाई ७९ रनले जित्न सफल रह्यो । हिमालय कलेजले ५३ रन खेर फाल्दै सेन्ट लरेन्स कलेजले २० ओभरमा १७४ रन जोड्न सफल भएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको हिमालय कलेजले मात्र ९५ रन मात्र जोडेको थियो । म्यान अफ द म्याच सेन्ट लरेन्स कलेजका किशोर घटराज भएका थिए ।

फाल्गुन १७ गते भएको डिफेन्डिङ च्याम्पियन तथा आयोजक न्यु समिट कलेज र सेन्ट लरेन्स बिच भएको पहिलो खेलमा न्यु समिट कलेजले सेन्ट लरेन्स कलेजलाई ४५ रनले हराउन सफल रह्यो । १५ ओभरको खेलमा न्यु समिट कलेजले ६ विकेट गुमाउँदै ११५ रनको टार्गेट सेन्ट लरेन्स कलेजलाई दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सेन्ट लरेन्स कलेजले १५ ओभरमा ९ विकेट गुमाउँदै मात्र ६९ रन मात्र जोडेको थियो ।

फाल्गुन १७ गते नै भएको स्वास्तिक कलेज र सगरमाथा बिच भएको दोस्रो खेलमा सगरमाथा कलेजले स्वास्तिक कलेजलाई जित्न सफल रह्यो । ११९ रनको लक्ष्य पाएको सगरमाथा कलेजले १ विकेट बाकी रहँदै ३ बल अगावै टार्गेट भेट्टाउन सफल भयो ।

खेल लिग चरणमा खेलाइको छ । २० ओभरमा खेलाइने प्रतियोगितामा क्वार्टर फाइनलका खेलहरू २४ र २५ गते खेलाइने छ भने सेमिफाइनलका खेलहरू २७ गते हुनेछन । फाइनल खेल फाल्गुन २८ गते बिहानको १० बजे बाट सुरु हुनेछ ।

सी.एस.आइ.टि टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सी.एस.आइ.टि इतिहासको सबैभन्दा लोकप्रिय प्रतियोगिताका रूपमा आम विद्यार्थीहरूको माझमा रहँदै आएको छ । सातौँ सी.एस.आइ.टि क्रिकेट प्रतियोगिताको मिडिया पार्टनर सल्लेरी खबर रहेको थियो भने यस पटकको आठौँ सी.एस.आइ.टि क्रिकेट प्रतियोगितामा पनि अफिसियल अनलाइन मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्