Logo

कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ : सभापति शेरबहादुर देउवा



Spread the love

२१ फागुन, कैलाली  पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्नेलगायतका गतिविधि गर्न आवश्यक छ ।”

सञ्चारकर्मीबाट एमसीसी विषयमा सोधिएको प्र्रश्नको जवाफमा उहाँले अमेरिकाबाट यति ठूलो सहयोग अहिलेसम्म नआएकाले नेपालको हित हुने एमसीसीजस्ता विषय पारित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसमा विरोध गरिनु हुँदैन ।” सभापति देउवाले बजेटका नाममा देशमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्