Logo

काेभिड–१९ बाट चीनमा २ हजार ९ सय ४३ काे मृत्यु



Spread the love


एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २ हजार ९ सय ४३ जना पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या चीनमा ८०,१५१ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने ४७,२०४ रहेकाे छ ।

इटालीमा काेराेनाबाट ५२ जनाकाे मृत्यु भइसकेकाे छ भने संक्रमित हुनेहरूकाे सङ्ख्या २,०३६ पुगेकाे छ । दक्षिण काेरियामा ४,८१२ जना संक्रमित छन् ।

माेरक्काे, सेनेगल , पाेर्चुगल र साउदी अरेबियामा पनि काेराेना देखिएकाे छ । स्पेनमा काेराेना संक्रमितहरूकाे सङ्ख्या बढेर १२३ पुगेकाे छ ।

चीनभन्दा बाहिर ७२ देशका १०,६१४ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । चीनबाहिर काेराेनाकाे कारण मृत्यु हुनेहरूकाे सङ्ख्या १६४ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्