एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या २ हजार ९१२ जना पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।
कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या चीनमा ८०,०२६ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने ४४,४६२ रहेकाे छ ।
चीनभन्दा बाहिर ५८ देशमा ७,१९६ जनामा काेराेनाकाे संक्रमण रहेकाे छ भने १०४ जनाकाे मृत्यु भइसकेकाे छ ।
इटलीमा काेराेना भाइरसकाे कारण मृत्यु हुनेहरूकाे सङ्ख्या ३४ पुगेकाे छ भने संक्रमित हुनेहरूकाे सङ्ख्या १६९४ पुगेकाे छ ।
यसै गरी दक्षिण काेरियामा काेराेनाबाट ४,२१२ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्