Logo

चलचित्र असफल भए पनि यी नायिकाको हुने गर्छ तारिफ !



Spread the love

चलचित्र असफलताले नेपाली नायिकाहरुलाई खासै प्रभाव परेको छैन । चलचित्र असफल भए पनि दर्शक माझ अभिनयको तारिफ हुनेगर्छ । एक पछि अर्को चलचित्रमा हलमा प्रदर्शन हुन्छ तर दर्शक तान्न नसक्ने नायिकाको रुपमा चिनिन्छन । निर्देशकहरु पनि आफ्नो चलचित्रमा लिनको लागि चर्को पारिश्रमिक दिन पनि तयार हुन्छ ति हुन् नेपालीकी ५ नायिकाहरु

५ .नायिका श्रृष्टी श्रेष्ठ

Image result for श्रृष्टी श्रेष्ठ


युवा पुस्ताले निकै रुचाएकी नायिका हुन्-श्रृष्टी श्रेष्ठ । बेलायतमा तीन वर्षदेखि मोडेलिङ गरिरहेकी श्रृष्टीले सन् २०१२‎ की ‘मिस नेपालको मुकुट पहिरिने थिइन् भने मिस नेपाल विजयपछि उनी पुरै मोडेलिङमा छिरेकी थिइन् । सन् २०१६ मा आएको ‘गाजलु’ मेगा स्टार अनमोल केसीसंग उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने चलचित्र सुपरहिट भएको थियो । श्रृष्टीको अभिनय र सुन्दरताको निकै चर्चा चलेको थियो । ‘बाँध मायाले, ‘पोइ पर्‍यो काले’, ‘माछा माछा’ गरि लगभाग ५ देखि ६ वटामा देखिएकी छन् तर सुपर हिट चलचित्र ‘गाजलु’ भएको छ । चलचित्र असफल भएपनि उनको हातमा फिल्म भने खाली भएको छैन् । पछिल्लो समय सबै दर्शकले भनेका छन् मिस नेपाललाई फिल्मी फापेन भनेगरेका छन् ।

४.नायिका शिल्पा पोखरेल

Image result for नायिका शिल्पा पोखरेल

पछिल्लो समय एक्सन नायिकाको नाम परिचित नायिका शिल्पा पोखरेल । पूर्ण राईको ‘हल्का हल्का’ बोलको म्युजिक भिडियोमाबाट मोडेलिङमा छिरिकी उनले सन् २०१५ मा आएको चलचित्र ‘लज्जा’ बाट नेपाली रजतपट डेब्यु गरेकी थिइन् । उनले ‘किस्मत २’, ‘वीराङना’,‘भिलेन’लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा असफल भएका छन् भने उनी फिल्मीसंगै उनले दुई सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन । धेरै म्युजिक भिडियोमा मोडलिङ गर्नेमध्येमा उनी पनि पर्छिन् ।

३.नायिका ऋचा शर्मा

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल नायिका हुन्- ऋचा शर्माको अभिनयको तारिफ हुनेगर्छ । तर, उनका चलचित्र हलमा लाग्छन तब दर्शक तान्न नसक्ने नायिकाको रुपमा चिनिन्छन । बरु, यो बर्ष सार्वाजनिक भएको चलचित्र ‘सुनकेशरी’ बाट उनले राम्रो अपेक्षा राखेकी थिइन् तर उक्त चलचित्र पनि बक्स अफिसमा असफल भएको छ । साथै कोहलपुर एक्सप्रेसको ट्रेलरबाट पनि उनले चर्चा पाइरहेकी छिन् । यो बर्ष भने असफल नायिकाको सूचीमा परेकी छिन् । उनले, अभिनय गरेको चलचित्र ‘आधा लभ’ यो बर्ष रिलिज भयो । यो चलचित्रमा निर्मति पनि उनी आफै थिइन् । तर, चलचित्र नराम्रोसँग चिप्लियो । यस्तै, उनी चलचित्र ‘फिर्के’ र ‘घर’ विशेष भूमिकामा देखिइन् । ऋचालाई देखाएर हलमा दर्शक तान्ने सोच बोकेका निर्माता सुलेमान शंकर पनि निराश बने ।

२. निता ढुङगाना

Image result for निता ढुङगाना


निता ढुङगाना एक नेपाल नायिका तथा मोडल हुन् । सन् २०११ मा आएको नेपाली चलचित्र ‘किशन’ बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी थिइन् । ‘मसान’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘चाडै आऊ है’, ‘म बिर्सु कसरी’, ‘आई एम सरी’, ‘वार’, ‘नोटबुक’,’धुन’ लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा त्यति सफल भएका छैनन् । तर उनले नेपालि चलचित्र मात्र नभई भोजपुरी, हिन्दिमा चलचित्रमा पनि अभिनय गरेकी छन् भने बक्सअफिसमा असफल भएका छन् । नितालाई लक्की नायिका पनि चिनी छन् तर नितालाई एक पछि अर्को चलचित्रमा अफर आएको हुन्छन ।


१.केकी अधिकारी

Image result for keki adhikari


नायिका केकी अधिकारी नेपाली चलचित्र जगतकी चर्चित नायिका हुन् । उनलाई भर्सटाइल अभिनेत्रीको रुपमा हेरिन्छ । उनले हरेक प्रकारको अभिनय गर्न सकिन्छ । तर विडम्बना बक्सअफिसमा उनका चलचित्र त्यति सफल छैनन् ।

यहि दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ सहित नायिका केकीले २५ चलचित्रमा काम गरिन् सकेके छन् । यसबिचमा ‘छ माया छपक्कै’ उनको पहिलो सुपरहिट चलचित्र मानिएको छ तर यसमा पनि ‘छक्का पन्जाको टिमको’ नाम जोडेका छन् । तर पनि उनको चर्चा परिचर्चा रहेको छ झन केकीको डिमाण्ड बढिरहेको देखिन्छ।

पछिल्लो समय उनले ‘रयालिटी’ शो कमेडी च्यापियन बजारमा ल्याएकी छन् भने उक्त शोबाट केकी झन चर्चामा चुलिएकि छन् । केकी आफूलाई लक्की नायिका मान्छिन् किनभने आफ्नो २४ चलचित्र फ्लप भएपनि आफु कहिल्यै फ्लप भइनन् । उनको हातमा एक पछि अर्को अफर आएका हुन्छ । त्यसैले उनलाई फ्लप फिल्मको हिट नायिका मानिन्छ । यतिधेरै चलचित्र फ्लप हुदाँ पनि यो क्षेत्रमा टिकिरहँदा आफूलाई लक्की नायिका मान्ने गरेको केकी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्