नेपाल विद्यावारिधी संघमा पुन: डा. डिल्लीराज अर्यालको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ ।
काठमाडौंमा भएको नवौं वार्षिक साधारणसभाले उपाध्यक्षमा डा. विष्णुप्रसाद गौतम, महासचिवमा डा. सुनिलबाबु श्रेष्ठ, सचिवमा डा. महेन्द्र विष्ट र कोषाध्यक्षमा डा. सुमित्रा अमात्य निर्वाचित गरेको छ ।
सदस्यहरुमा संघका पूर्वअध्यक्ष डा. बालचन्द्र मिश्रसहित डा. अकलबाबु प्रसाईं, डा. ज्ञानेन्द्ररत्न तुलाधार, डा. कृष्णकुमार तामाङ, डा. रमेश पराजुली र डा. गोविन्दप्रसाद गुरागाईं चयन भए ।
प्रतिक्रिया दिनुहोस्