एजेन्सी । बलिउडका सुपरस्टार अमिर खान अहिले लाल सिंह चड्ढा चलचित्रमा व्यस्त छन् । लालसिंह चड्ढा हलिउड चलचित्र फरेस्ट गम्पको हिन्दी रिमेक हो । अमिर खानले अब वेब सिरिजहरु बनाउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अमिर खानको टिमले कुन विषयवस्तुमा बनाउने भनी धारणा विकास गरिसकेको छ । सैफ अली खान, मनोज बाजपेयी लगायतका अन्य कलाकारहरुसँग उनले सँगै काम गर्नको लागि आग्रह पनि गरेका छन् । वेब सिरिज मानव हितमा हुने पनि चर्चा चलेको छ ।
एक वर्षअघि अक्षय कुमारले पनि वेब सिरिज बनाउने चर्चा चलेको थियो । थ्रिलर जनरामा बन्ने भनेको वेव सिरिजको नाम द इन्ड राखिएको थियो । बलिउडले विस्तारै वेबस्पेसमा रुचि राख्दै गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्