एजेन्सी । स्वास्थ्यका लागि ग्रीन टी अति नै लाभदायक हुन्छ । यसले ब्याड कोलेस्ट्रोललाई घटाउँछ र हृदयघातदेखि स्ट्रोकसम्मका विभिन्न रोगहरुको जोखिम कम गर्छ । तर राति सुत्नु अगाडि ग्रीन टी पिउनु हुन्छ कि हुँदैन भन्ने बारेमा धेरै मानिसहरुको जिज्ञासा रहेको छ ।
प्रायः मानिसहरु बिहान उठ्नासाथ र सुत्ने समयमा चियाको माग गर्छन् । त्यसैले आज हामी राति सुत्नु अगाडि ग्रीन टी पिउनु हुन्छ कि हुँदैन भन्ने बारेमा केही जानकारी दिन्छाैँ ।
तपाईंले भुलेर पनि राति सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । यदि तपाईं आफ्नो निद्रा बिगार्न चाहनु हुन्न भने कहिले पनि राति सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । यदि तपाईंको पनि त्यस्तो बानी छ भने त्यसलाई तुरुन्त परिर्वतन गर्नु पर्छ । यदि तपाईं राति सुत्नु अगाडि ग्रीन टी पीउनु भयो भने तपाईंको निद्रा भाग्नेछ ।
सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । दिनमा दुई पटक भन्दा बढि ग्रीन टी पिउनु हुँदैन किनभने कुनै पनि कुरा सही मात्रामा लिनु आवश्यक हुन्छ । त्यसैले दिनभरीमा दुई कप ग्रीन टी तपाईंको स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।
यदि तपाईंको किड्नीमा पत्थरी भएको छ भने बिर्सिएर पनि दिनमा दुई पटक भन्दा बढि ग्रीन टी पिउनु हुँदैन । ग्रीन टीले क्यान्सर, मुटु सम्बन्धि रोगहरुदेखि अन्य विभिन्न रोगहरुको जोखिम कम गर्छ । ग्रीन टीमा पलिफेनल्स हुन्छ, जसले क्यान्सरको जोखिमलाई कम गर्छ र वजन घटाउन पनि सहयोग पुर्याउँछ, किनभने यसमा मेटाबोलिज्मलाई बढाउने गुण हुन्छ ।