Logo

अबुमियाङको दुई गोलमा आर्सनलको जित



Spread the love

एजेन्सी । गए राति सम्पन्न भएको प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा आर्सनलले जित निकालेको छ । आर्सनलले एभरटनमाथि ३–३ को जित निकालेको हो । आर्सनलका लागि अबुमियाङले दुई गोल गरे ।


खेलको पहिलो मिनेटमा नै एभरटनका डोमिनिक काल्भर्ट लेविनले गोल गरी पाहुना टोलीलाई अग्रता दिलाएका थिए । इड्डी नेकेटायले खेलको २७ औँ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । अबुमियाङले ३३ औँ मिनेटमा गोल गरी आर्सनललाई अगाडि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा एभरटनका रिचार्लीसनले गोल गरी खेललाई २–२ मा ल्याए । दोस्रो हाफको पहिलो मिनेटमा नै अबुमियाङले गोल गरी आर्सनललाई जित दिलाए ।


अबुमियाङले यो सिजनमा १९ गोल गरिसकेका छन् । खेलमा जित निकालेको आर्सनल ३७ अंकसहित तालिकाको नवौँ स्थानमा निस्किएको छ भने एभरटन ३६ अंक सहित तालिकाको ११ औँ स्थानमा यथावत रहेको छ ।

खेलमा जित निकालेसँगै युनाइटेड ४१ अंकसहित तालिकाको पाचौँ स्थानमा निस्केको छ भने हार व्यहोरेको वाट्फोर्ड तालिकाको १९ औँ स्थानमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्