Logo

२०१८ का लागि डिभी चिट्ठा असोज १७ बाट खुल्ने,के छ नयाँ नियम ?



Spread the love

अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने भएको छ ।अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो।डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि भने नकुर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो ।दूतावासका अनुसार डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ। करिब एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन सुझाव दिएको छ।सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा  गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा  (ई डि भी) आवेदन फारम भर्न सक्नेछन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यनिति आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भए पनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो । आउँदो आर्थिक वर्षमा यदी विधेयक पारिद भएमा डिभी बन्द हुनेछ ।२०१८ को डिभी नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ । डिभी भर्नका लागी आवेदकहरूले  www.dvlottery.state.gov मा गई आवेदन फारम भर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्