एजेन्सी । पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले पीएसजीका फर्वाड केइलियन एम्बाप्पे फुटबलको वर्तमान र भविष्य भएको बताएका छन् ।
रोनाल्डोले मार्काले सेयर गरेको पुरानाे भिडियोमा भनेका छन्, “एम्बाप्पे फुटबलको वर्तमान र भविष्य हुन् । उनी अद्भूत खेलाडी हुन् । ”
गएको सिजनमा एम्बाप्पेले सबै प्रतिष्पर्धामा ३९ गोल गरेका थिए । अहिलेको सिजनमा पनि उनले २४ गोल गरेका छन् जसमध्ये १५ गोल लिग वानमा गरेका छन् ।
एम्बाप्पेले २०१६–२०१७ को सिजनबाट आफूलाई विश्वको उत्कृष्ट खेलाडीहरुको सूचिमा राखेका थिए । एम्बाप्पे मोनाको एकेडेमीका उत्पादन हुन् । सन् २०१७ मा एम्बाप्पे पीएसजीमा १३५ मिलियन यूरोमा अनुबन्ध भएका थिए ।
फ्रान्सका २१ वर्षीय केइलियन एम्बाप्पेले एउटा विश्वकप, तीन लिग वान टाइटल र फ्रान्स, पीएसजी र मोनाकोलाई तीन घरेलु ट्रफी दिलाइ सकेका छन् ।
https://www.marca.com/futbol/liga-italiana/2020/02/19/5e4dae10268e3efc1a8b4641.html