Logo

सोनम कपुरले दिइन् आरएसएसका प्रमुखलाई झापड



Spread the love


एजेन्सी । बलिउडकी स्टार सोनम कपुरले राष्ट्रिय स्वयंमसेवक संघका प्रमुख मोहन भगतलाई ट्विटमार्फत् झापड हानेकी छिन् ।

आइतबार अहमबादमा भगतले कर्मचारी र संघलाई सम्बोधन गर्दै सम्बन्ध विच्छेद बढी शिक्षित अनि धनीमा बढी भेटिन्छ भनेका थिए ।

भगतसिंहको विचारलाई लिएर सोनमले “कुन विवेकी मान्छेले यस्तो कुरा गर्छ ? प्रतिगामी, मूर्खपूर्ण भनाइ ” भन्दै ट्विट गरेकी छिन् ।

भगतले आरएसएसका कर्मचारीलाई भनेका थिए, “ आजभोलि सम्बन्ध बिच्छेदका घटना धेरै बढेका छन् । सम्बन्ध बिच्छेदका घटनाहरु बढी शिक्षित अनि धनीहरुमा देखिन्छ किनभने शिक्षासँगै समृद्धिसँगै अहम पनि आउँछ जसको कारण परिवार टुक्रिने गर्दछ । भारतसँग हिन्दु समाजबाहेक अरु कुनै विकल्प छैन जसले गर्दा पनि परिवारजस्तो व्यवहार गर्नुपर्दछ ।”

https://twitter.com/sonamakapoor/status/1229130874890878983

प्रतिक्रिया दिनुहोस्